उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’लाई बधाई एवं सम्मान गरियाे ।
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ सुवर्णलाई बधाई एवं सम्मान गरिएको छ ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यमा मनोनित हुनुभएको भन्दै सुवर्णलाई जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कार्यक्रमको आयोजनागरी सम्मान एवं वधाइ दिएको हो । सम्मानपछि बोल्दै श्रेष्ठले स्याङ्जाबासीको सहयोग, सदभाव र विश्वासले आफु केन्द्रीय सदस्यमा मनोनित हुन सफल भएको बताउदै संघ र ब्यवसायीका हक, हितका पक्षमा सधैंभरी सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा मानार्थ सदस्य रंगनाथ रेग्मी, प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, द्धितिय सदस्य महादेव श्रेष्ठ, तृतीय सदस्य सुनिता पौडेल, महिला उद्यमी समितिका संयोजक इन्द्रेणी अधिकारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भिमकुमार श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी, महिला उद्यमी र उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले केन्द्रीय सदस्य श्रेष्ठलाई माला, खादाले सम्मान गरेका थिए।
।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


