कालीगण्डकी गाउँपालिकाको जेसिवीमा आगलागी ।
कालिगण्डकी : कालिगण्डकी गाउँपालिकाको जेसिवीमा शनिबार राती आगलागी भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ स्थित रिप भन्ने स्थानमा पार्किङ गरिराखेको जेसिवीमा आगोलागी भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट डोजर पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी पाण्डेले जानकारी बताउनु भयाे।
शनिबार राती अन्दाजी ८ बजेतिर पालिकाको लु १ क २६७४ नम्बरको जेसिबिमा आगलागी भएको जिल्ला प्ररहरी कार्यलय स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो। आगलागीकाे कारण नखुलेकाे एसपी बोगटीले बताउनुभयो। गाउँपालिकाले ३ बर्ष अगाडि जेसिवी खरिद गरेको थियो। (तस्वीर- सामाजिक सञ्जाल फेसबुकबाट)
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


