चापाकोटमा प्रदेशलाई पुग्ने आलु फलाउँछौ : नगर प्रमुख गिरी
स्याङ्जा : स्याङ्जाको सबै भन्दा ठुलो समथर फाट चापाकोट नगरको उर्बर फाट अब आलुमय बन्ने भएको छ।आलु खेतीमा स्थानीय सरकारले करोडौं लगानी गरेपछी,अहिले चापाकोटका सबै जसो कृषक आलु रोप्ने कार्यमा ब्यस्त छन। चापाकोट नगर भित्रका १० वटै वार्डका टोल टोलमा महिला कृषक समुह गठन गरि सुरु गरिएको आलु खेती,हिले अधिकतम कृषक आलु रोप्नमै ब्यस्त छन्। अधिकतम कृषक समुदायको बाहुल्यता रहेको चापाकोटमा कृषकलाई आलु रोप्ने चटारो छ भने नगरप्रमुख शिव कुमार गिरि र उप-प्रमुख बिमला श्रेष्ठ भने आलुको बिउ बितरणको दौरानमा छन्।
.
नगरपालिकाले झन्डै चार सय बिघाहा जमिनमा आलु फलाउने कार्यक्रम रहेको नगरप्रमुख शिव कुमार गिरीको भनाइ छ। चापाकोट नगरपालिकाले उर्वर फाँट बनाएर प्रकृतिले दिएको बरदान भएको तर, हामीले सही सदुपयोग गर्न नसकेको जिकिर गर्दै नगरप्रमुख गिरीले भारतबाट आलु आयात गरेर खाने दिनको अन्त्य गर्न गण्डकी प्रदेशमा उपभोग हुने आलुको जिम्मा चापाकोटले लिने र त्यो सबै होमवर्क आफुले गरिसकेको नगरप्रमुख गिरिले बताउनु भयाे ।
.
आलु खेती गरिसकेपछि आवस्यक बिषादी,मल,भिटामिन जस्ता कुरामा स्थानीय सरकारले खटाएको कृषि प्राबिधिकले दिएको सल्लाह अनुरुप कार्य गर्न नगरका कृषकलाई आग्रह गरेको नगर प्रमुख गिरीले बताउनु भयाे । आलु स्टोरका लागि कोल्ड स्टोरको निर्माण गर्ने र त्यो कोल्ड स्टोर सम्भवत नेपालकै ठुलो कोल्ड स्टोर बनाउने आफ्नो सोच रहेको भन्दै कोल्ड स्टोर निर्माणका लागि प्रदेश र संघ सरकारलाई पहल गर्ने नगरप्रमुख गिरीकाे भनाइ छ ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…