होमस्टेमा कुखुराका चल्ला वितरण
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई आज कुखुराका चल्ला वितरण गरेको छ ।
नगरपालिकाले ‘होमस्टे कुखुरापालन समूह’ गठन गरी सोही समूहलाई ‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
“होमस्टेहरुमा आउनुहुने पाहुनाहरुलाई स्थानीय तथा अर्गानिक स्वाद दिनका लागि स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेका हौं” उप प्रमुख तिवारीले भन्नुभयो, “कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएका छौं आगामी दिनमा आवश्यक सहयोगहरु पनि उपलब्ध गराउँदै जानेछौं ।”
.

नगरपालिकाले उपलब्ध गराएको चल्लाहरुको राम्रोसँग रेखदेख गरी ब्यवसायिक लाभ लिन र होमस्टेको आर्थिक स्तरोन्नतितर्फ अग्रसर हुँदै जानका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
वालिङ ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ ७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, १० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, १२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र १२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।
.

नगरपालिकाका विभिन्न वडामा क्रियाशील रहेका होमस्टेहरुमा आबद्ध रहेका २०–३० घर परिवारले कुखुरा भाग लगाएर आ–आफ्नो घर घरमा पाल्ने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा आठ वटा होमस्टेलाई चार हजार ८०० कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टे होमस्टेलाई ६००÷६०० वटा कुखुराका चल्ला वितरण गरिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।
“नगरपालिकाले स्थानीय जातका कुखुराका चल्लाहरु निशुल्करुपमा उपलब्ध गराएर होमस्टेहरुको आर्थिक स्तर उकास्नका लागि थालेको प्रयास राम्रो रहेको होमस्टे सञ्चालकहरुले बताएका छन् ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


