समृद्धि र लोकतन्त्र रक्षाका लागि काग्रेस एक हुनुको विकल्प छैन : सांसद पाण्डे ।
स्याङ्जा : प्रतिनिधी सभाका नवनिर्वाचित सांसद मोहन प्रसाद पाण्डेले कांग्रेस एकजुट भए मात्रै नेपालकाे संमृद्धि सम्भव रहेकाे बताउनु भएकाे छ । उहाँले भन्नुभयाे,नेपालकाे संमृद्धिसँगै लोकतन्त्रकाे रक्षाका लागि नेपाली कांग्रेस एक हुनुको विकल्प छैन ।
कम्युनिष्ट पार्टीको अधिनायकबादलाई अन्त्य गर्न र लोकतन्त्रलाई मजबुद बनाउन कांग्रेस सशक्त प्रतिपक्षको भुमिकामा उभिनुपर्ने सांसद पाण्डेकाे भनाइ छ ।
समग्र स्याङ्जाको विकास र समग्र देशको विकासका लागि संसदमा सशक्त भुमिका खेल्ने सांसद पाण्डेले स्पष्ट पार्नु भयाे ।
.

कम्युनिष्ट र काग्रेस दुवै पार्टी मिलेर अगाडि बढ्नु नै देशका लागी राम्रो रहेकाे भन्दै सांसद पाण्डेले भन्नुभयाे,साथै सांसद पाण्डेले भने , जंगलतिर विप्लव छन्, सडकमा राजबादी त्यसैले दुई ठुला पार्टी गम्भीर हुनु पर्दछ ।
कार्यक्रममा स्याङजा कांग्रेसका कार्यबहाक सभापति कुमार रानाले जिल्लामा कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने भन्दै कार्यकर्तालाई जागरुक हुन आग्रह गर्नुभयाे ।
यस्तै संविधान सभा सदस्य राजु थापाले सहमति सहकार्य र एकता वाट मात्रै संगठन सुधारहुने वताउदै आगामी जिल्ला अधिवेशनमा सहमति वाट सर्वसम्मत नेतृत्व खोज्न आव्हान गर्नु भयाे ।
.

कार्यक्रममा महासमिति सदस्य भोजराज अर्याल, महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, कांग्रेस जिल्ला प्रवक्ता ईन्द्र गोदार, वालिङ नगरउपप्रमुख कल्पना तिवारी, महाधिवेशन प्रतिनधीहरू लक्ष्मीप्रसाद रेग्मी, गुरुप्रसाद भट्टराई, विष्णु पौडेल, महेन्द्र श्रेष्ठ, लिलबहादुर रनपाल, नेबिसंघका महान्त्री युवराज पाण्डे, वडा अध्यक्षहरू केदार काफ्ले र महेश भट्टराई , धनबहादुर थापा, तोयनाथ अर्याल, टिकाराम तिवारी, भिमलाल सुवेदी, लगायतले बोलेका थिए ।
नेपाली काग्रेस स्याङ्जा क्षेत्र नं. २ ले प्रतिनिधि सभामा निर्वाचित सांसद मोहन प्रसाद पाण्डेलाई स्वागत तथा सम्मान गर्न कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।
क्षेत्रिय सभापति ईश्वर खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत अर्जुनप्रकाश अर्याल र सञ्चालन दामोदर लम्सालले गरेका थिए ।
.



समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


