गल्याङ जेसिज द्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
साधना न्यौपाने/स्याङ्जा : गल्याङ् जेसिजकाे सप्ताह व्यापी कार्यक्रमकाे उद्घाटन तथा वृद्ध वृद्धा सम्मान कार्यक्रम, गल्याङ नगरपालिका ११ स्थित जिमुहामा सम्पन्न भएकाे छ। गल्याङ् जेसिजबाट कार्यक्रममा ७५ जना वृद्धवृद्धालाई न्यानाे कपडा तथा खादा द्वारा सम्मान गरियाे । कार्यक्रमको प्रमुख अतिथि गल्याङ नगरपालिकाका नगर उपप्रमुख देवीसरा थापाले स्थानीय सरकारले गर्नुपर्ने कार्य गल्याङ जेसिजले गरेकोमा खुसी व्यक्त गर्नुभयो
गल्याङ जेसिजका मानार्थ सदस्य एवम् युवा नेता गुरु प्रसाद भट्टराईले युवाहरुको नेतृत्व विकासको अग्रणी संस्था गल्याङ जेसिजले वृद्धवृद्धा सम्मान कार्यक्रम गरि समाजमा उदाहरण पेश गरेको कुरा बताउनुभयो । त्यसैगरी गल्याङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शंकर देव अधिकारीले गल्याङ जेसिजले आफ्नो वडामा गरेको कार्य प्रति खुसी व्यक्त गर्दै आफू गल्याङ जेसिज सँग सहकार्य गर्न तयार रहेको कुरा बताउनुभयो ।
गल्याङ शिक्षा समितिका सदस्य राजेन्द्र देव खनालले मानिसले सामाजिक चेतना बोक्नुपर्छ र गल्याङ जेसिजका गतिविधिहरुले आफू प्रभावित भएको बताउनुभयो । जेसिज सप्ताहका मुल संयोजक एवम् गल्याङ जेसिजका उपाध्यक्ष जेसि प्रकाश भुषालको स्वागत मन्तव्यसंगै शुरूवात भएको कार्यक्रमको अध्यक्षता गल्याङ जेसिजका अध्यक्ष जेसि दर्वेन्द्र देव खनालले गर्नुभएको थियोे । अध्यक्ष खनालले वृद्ध वृद्धा सम्मानको हकदार भएकोले उक्त कार्यक्रम राखिएको बताउनुभयो । उक्त कार्यक्रमका संयोजक गल्याङ जेसिजका अध्यक्षिय सल्लाहकार प्रतिमा भट्टराई रहनुभएको थियोे ।
कार्यक्रमको संचालन गल्याङ जेसिजका महासचिव जेसि खगेन्द्र भण्डारीले गर्नुभएको थियोे । जेसिज सप्ताह अन्तर्गत वृद्ध वृद्धा सम्मान कार्यक्रम बाहेक राष्ट्रव्यापी कविता प्रतियोगिता, जेसिज चौतारी उदघाटन, गल्याङ बजार सरसफाइ, जेब्रा क्रसिङ्ग निर्माण, भर्चुअल मानसिक स्वास्थ्यका लागि मनका कुरा, समाचार लेखन तालिम, स्लो बाईक रेस, डोरी तान लगायतका कार्यक्रम गरिने जेसिज सप्ताहका मुल संयोजक प्रकाश भुषालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


