रेडियो आँधीखोला एफएम १४औँ वर्षमा प्रवेश
कला राना /स्याङ्जा :
स्याङ्जा जिल्लामै पहिलो आवाजको रुपमा गुञ्जिएको रेडियो आँधीखोला १०५.४ मेगाहर्ज १४औँ वर्षमा प्रवेश गरेको छ । आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङलिङमा रहेको छ ।
वार्षिकोत्सवका अवसरमा शनिबार रेडियो प्राङगणमा हवन तथा पुजा गरिएको छ । यसपटक कोरोना भाईरस कोभिड १९ का कारण अन्य कार्यक्रम गर्न असमर्थ रहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमणका कारण अन्य कार्यक्रम गर्न सकेनौँ, रेडियोको उन्नति प्रगतिका लागी हवन तथा पुजा ग¥यौँ । आशा गछौँ कोरोनाका कारण सृजित परिस्थितिको अन्त्य हुनेछ र सबै क्षेत्र सरल र सहज बन्ने छ भन्ने प्राथाना पनि गरेका छौँ ।’
भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण
पण्डित नेत्रप्रसाद पराजुलीले प्रांगणमा हवन तथा पुजा गराउनुभएको थियो । विगतका वर्षहरुमा रेडियोको वार्शिकोत्सवमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएपनि यसपटक कोरोनाको बढ्दो संक्रमणका कारण अन्य कार्यक्रम गर्न नसकिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘रेडियोलाई १४औँ वर्षसम्म ल्याई पु¥याउन सरोकारवाला सबैको उत्तिकै महत्वपुर्ण भुमिका छ । रेडियोलाई समयअनुसार परिमार्जन गर्दै धेरै वर्षसम्म पु¥याउने हाम्रो लक्ष्य हो ।’ बढ्दो सुचना र प्रविधिको युगमा रेडियोलाई समेत समय सापेक्ष अगाडि बढाउँदै ज्ञान सुचनाहरु संम्प्रेशण गरि आवाज विहिनको आवाज बन्ने अध्यक्ष पाण्डेको भनाई छ ।
२०६२÷०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनिति दल, बुद्धिजिवि, समाजसेवी मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको हो । २०६४ मंसिर ६ गते जिल्लामै पहिलो सञ्चारको रुपमा रेडियोले आफ्नो प्रशारण शुरु गरेको थियो । रेडियो अहिले ५०० वाटबाट दैनिक १७ घण्टा प्रसारणमा रहेको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईन माध्यमबाट समेत सुन्न सकिन्छ । रेडियोको अनलाईन www.radioaandhikhola.org बाट प्रत्यक्ष रेडियो सुन्न सकिन्छ भने स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिन्छ ।
.

समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


