एल आई सी नेपालले दियो मृत्युदाबी भुक्तानी ।
वालिङ : एल आई सी नेपालले ३७ बर्षको उमेरमै असामयिक निधन भएका वालिङ-०७ का स्व. भिम बहादुर सोतीको परिवारलाई मृत्युदाबी बापतको रु. ५ लाख ९६ हजार ५ सय रकम बराबरको चेक हस्तान्तरण गरेको छ । भीम बहादुरको गत फागुन १२ गते आफ्नै निवासमा असामयिक निधन भएको थियो ।
स्व. भीम बहादुर सोतीको श्रीमती कृष्णा कुमारी राना (सोती) लाई बुधबार उनकै घरमा पुगेर एल आई सी नेपाल वालिङ शाखाका प्रमुख नरेन्द्र विष्ट, एजेन्सी मेनेजर रुक बहादुर गुरुङ अभिकर्ताहरु सागर गुरुङ, औ बहादुर गुरुङ, लोक बहादुर सारु र मोहन गुरुङ लगाएतको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्व. सोतीले विगत तीन वर्ष पहिले एल आई सी नेपालको वालिङ शाखाबाट रु ५ लाखको जीवन बिमा अभिकर्ता मोहन गुरुङ मार्फत गराएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


