बन्दले जनजीवनमा प्रभावित, शैक्षिक संस्था ठप्प, लामो दूरीका सवारी चलेनन् ।
आँधीखोला खवर :
हरेक किसिमका गतिविधिमा प्रतिवन्ध लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । विप्लव समूहले पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार नेपाल बन्द आव्हान गरेको हो । बन्दको पूर्वसन्ध्यामा हिंसा बढाउने किसिमले आइतबार टाइमर बम तयार गरिरहेका बेलामा सुकेधारा, घट्टेकुलो र थानकोटमा विष्फोट भएको थियो । उक्त घटनामा चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । विप्लव समूहले बन्द आव्हानलाई आफ्ना कार्यकर्ता मारिएको विरोधमा गरेको जनाएको छ ।
काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ । सवारी साधन अन्य दिनको तुलनामा कम चलेका छन । स्याङ्जा सहितका जिल्लामा बन्दको प्रभाब परेको छ । फाट्फुट्ट मोटरसाईकल चले पनि अन्य सवारी सधान भने चलेका छैनन् । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव समूहले यसअघि बन्दको आव्हान गर्नासाथ पहिलो प्रहार शैक्षिक संस्थामा हुँदै आएको छ । साना ठूला जस्तासुकै शैक्षिक संस्थामा यसको असर पर्दै आएको छ । स्याङ्जा सहित देशभरका शैक्षिक संस्था ठप्प रहेकाछन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


