भीरकोटमा ३ महिने व्युटिसियन तालिम शुरु ।

आँधीखोला खवर/ भीरकोट :
स्याङजाको भीरकोटमा ३ महिने व्युटिसियन तालिम शुरु भएको छ । भीरकोट नगरपालिकाको आयोजनामा ३९० घन्टे अर्थात ३ महिने व्युटिसियन तालिमको शुरु भएको हो ।
तालिमको उद्दघाटन गर्दै भीरकोट नगरपालिकाका नगर उपप्रमुख सिमा कर्माचार्यले शीप युक्त नगरवासी बनाउने उद्देश्य राखेर तालिम दिन थालिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि छोटो अवधीको शीप मुलक तालिमलाई आफूहरुले प्राथमिकतामा राख्ने जानकारी दिनुभयो । तीन महिनाको अवधीमा लगनशील भएर शीप सिक्न समेत उपप्रमुख कर्माचार्यले सवैलाई आग्रह गर्नुभयो ।

उद्दघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना,वडा नक्वर १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसी, याम प्रसाद रेग्मी, प्रमुख प्रशिक्षक पुष्पा अर्याल लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
आँधीखोला टेक्निकल एण्ड एजुकेसन कलेज वालिङ्को व्यवस्थापनमा शुरु भएको तालिममा ३२ जनाको सहभागिता रहेको छ । उनीहरु वडा—वडाबाट छानिएर आएको नगरपालिकाले जनाएकोे छ ।


समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


