आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा
जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो ।

काठमाण्डौको कालिमाटी तथा फलफूल बजारमा गोलभेडा प्रतिकेजी ९० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए ।
गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाँइले लेखेकी छिन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


