स्याङ्जाकाे चापाकोटमा बेवारिसे काठ बरामद ।

katha -2

स्याङ्जा : चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।

सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखिएका अवस्थामा ३०६.३४ क्युफिट बराबरको २१८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीका लागि सो काठ वन डिभिजन कार्यालय स्याङ्जामा बुझाइएको छ ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP