पतञ्जलिद्वारा ६० घर परिवारलाई खाद्यान्न सहयोग
वालिङ :
पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको छ । वालिङ ११ का पेखु र जामुनेका ६० घर परिवारलाई खाद्यान्न हस्तान्तरण गर्नुहुँदै वालिङ प्रमुख दिलीपप्रताप खाँणले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खाद्यान्न उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदा राहत मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पतञ्जलिले यस ठाउँलाई छनौट गरेर गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलिले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित पेखुका स्थानीयहरुमा धन्यवाद ब्यक्त गर्नुभयो ।
पतञ्जलिले पेखुका ४४ घर र जामुनेका १६ गरी ६० घरलाई चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराएको हो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


