अर्जुनचौपारीमा रोकिराखेका दुई मोटरसाईकलमा अज्ञात समुहद्धारा आगजनी

आधीखोला खवर/ अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ मा अज्ञात समुहले मोटर साइकलमा आगजनी गरिदिएकोछ । घर नजिकै रोकी राखेका दुई मोटरसाइकलाई गएराति आगजनी भएको प्रहरीले जनाएको छ । दिनेश गुरुङको ग १२ प ५०२ नम्वरको पल्सर मोटरसाईल र साजन गुरुङ्को ४१६८ नम्बरको अर्को पल्सर मोटर साइकलमा आगजनी भएको छ । आगजनीका कारण मोटरसाइकल पूर्ण क्षति पुगेको छ ।
घटनाको बारेमा अर्जुन चौपारीमा रहेको प्रहरी चौकीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


