स्याङ्जामा भरुवा बन्दुक सहित २ जना पक्राउ ।

bharu_banduk_pic

बर्षा पंगेनी/स्याङजा :
स्याङ्जामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेकाछन् । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्वर ६ बस्ने ६६ बर्षका थमन गुरुङ र २० बर्षका सुजन गुरुङ पक्राउ परका परेका हुन् ।
थमन गुरुङको साथबाट एक थान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान,बारुद थान १४५ ग्राम,टिनको ससाना पाता ११ वटा, केप ५ थान,काँचो सिसा १५६ वटा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डिएस्पी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP