दियालो संस्था,केयर नेपाल र युकेएडद्वारा वालिङलाई आपतकालीन सामग्री प्रदान
वालिङ :
दियालो गैरसरकारी संस्था, केयर नेपाल र युकेएडद्वारा वालिङ नगरपालिकालाई आपतकालीन सामग्री हस्तान्तरण गरेका छन् । वालिङ नगरपालिका कार्यालयमा दियालो गैरसरकारी संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आपतकालीन सामग्री हस्तान्तरण गर्नुभएको हो ।
अविरल वर्षासँगै आएको पहिरोले ज्यान गुमाएका परिवार, विस्थापित परिवार तथा नगरका विभिन्न वडामा प्राकृतिक विपत्तिमा परेकाहरुलाई नगरपालिकामार्फत उपलब्ध गराउने उद्देश्यले आपतकालीन सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गैह्रेले बताउनुभयो ।
केयर नेपालद्वारा बेसिक सेल्टर किटस् ५० थान, ब्ल्याङ्केट १०० थान, डिग्निटी किटस् ५० थान र हाईजिन किटस् ५० थान उपलब्ध गराएको छ । प्याकेजका रुपमा रहेका उक्त सामाग्रीमा तत्कालका लागि आवश्यक पर्ने कपडाहरु समेत रहेकाछन् ।
आपतकालीन सामग्री ग्रहण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आपतकालीन सामग्री उपलब्ध गराएकोमा सहयोगदाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त सामग्री वास्तविक प्रभावितहरुमाझ पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
आपतकालीन सामाग्री हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रबक्ता एबं वडा नम्वर १ का अध्यक्ष केदार काफ्ले, वडा नम्वर ११ का अध्यक्ष बसन्त कुमार मल्ल, कार्यपालिका सदस्य जमुना केसी,दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे, सुआहारा कार्यक्रमका गण्डकी प्रदेश संयोजक याम जिसी लगायतको उपस्थिती रहेको थियो ।
हेर्नुहोस् भिडियो : यसरी दिए दियालो संस्था,केयर नेपाल र युकेएडले वालिङ नगरपालिकालाई आपतकालीन सामग्री.
.


समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


