वालिङका समाजसेवी अधिकारीद्वारा प्रहरी विटलाई साईकल प्रदान ।
स्याङ्जा :
वालिङ मोडमा रहेको प्रहरी विटलाई एक थान साईकल हस्तान्तरण गरिएको छ । वालिङका समाजसेवी सिताराम अधिकारीले प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न सहज होस भन्दै एक थान साईकल हस्तान्तरण गर्नु भएको हो । समाजसेवी अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरी प्रसाद पौडेल मार्फत वालिङ मोड प्रहरी विटका हवलदार मधु केसीलाई सो साईकल हस्तान्तरण गर्नु भएको हो । अत्यन्तै व्यस्त रहने वालिङ मोड लगायत बजार क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई छिटो छरितो सेवा प्रवाह गर्न सहजता प्रदान हुनेछ भन्ने उदेश्यले साईकल उपलव्ध गराएको समाजसेवी अधिकारीले बताउनु भयो । विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका समाजसेवी अधिकारीले बेला बेलामा आवश्यकता हेरेर सहयोग गर्दै आउनु भएको छ ।
.

प्रहरीलाई साधन श्रोत प्रयाप्त भयो भने नै हाम्रो सुरक्षा गर्न सजिलो हुने छ समाजसेवी अधिकारीले भन्नभुयो,“बजार क्षेत्रको शान्ति सुरक्षाका लागि यो साईकलले महत्वपूर्ण भुमिका खेल्ने छ ।” साईकलको प्रयोगबाट केही हदसम्म भएपनि प्रहरीलाई सेवा प्रवाहमा सहजता मिल्ने विश्वास मेरो छ उहाँले भन्नुभयो । प्रहरीले पाएको साईकलले अब छिटो सेवा प्रवाह हुने विश्वास अधिकारी परिवारको छ । समाजसेवी अधिकारी सहित परिवारले प्रहरीलाई साईकल हस्तान्तरण गरेर सहयोग गरेको प्रति वडाप्रहरी कार्यालय आभारी रहेको प्रहरी निरिक्षक पौडेलले बताउनु भयो । सानातिना घट्नालाई न्युनिकरण गर्न यो साईकलले प्रहरीलाई ठुलो भुमिका खेल्ने विश्वास पौडेलको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


