एमसीसी परिमार्जन गरेर पारित हुने, चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय ।
काठमाडौं : डेढ महिनापछि बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको छ ।
चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो ।
महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।
त्यस्तै अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम (एमसीसी) लाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय समेत स्थायी समिति बैठकले गरेको छ ।
के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…