वालिङ : जनश्रमदानबाट सडक ढलान ।
स्याङ्जा :
वालिङ नगरपालिका-१३ स्थित बोधीभञ्ज्याङका स्थानीय बासिन्दा श्रमदान जुटाएर सडक निर्माण कार्यमा जुटेका छन् । गाउँघरमा हिड्डुल गर्न समेत समस्या भएपछि स्थानीय बासिन्दा श्रमदान जुटाएर ढलानसहितको सडक निर्माण कार्यमा जुटेका हुन् ।
वडा कार्यालयले सडक निर्माणको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने भएपछि करिब ६० घर रहेका बोधीभञ्ज्याङका स्थानीय बासिन्दा यतिबेला श्रमदानमा लागिरहेका छन् ।
.

घरगाउँमा हिड्नै समस्या भएपछि बाटो निर्माणमा जुटेको निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताउनु भयाे । स्थानीय जगबहादुर थापाले भन्नुभयो, “सबैको घरमा अटो रेक्सासम्म भएपनि ल्याउन मिल्ने गरी पक्की सडक निर्माण गर्न लागेका छौँ ।”
सडक निर्माण भएसँगै आँधीखोला बहुप्राविधिक शिक्षालय र लक्ष्मी माविमा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरुले समेत सहजरुपमा यात्रा गर्न पाउने वडाध्यक्ष आनन्द पाठक बताउनु भयाे ।रासस
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


