बीपीको सम्झनामा माल्यार्पण तथा प्रवचन
तोलाकान्त बगाले/वालिङ :
नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाको १०७ औं जयन्ती दिवस वालिङमा मनाईएको छ ।
थोरैको संख्यामा नगरका वडा÷वडामा मात्रै सीमित भई कार्यक्रम गर्ने तय भएसँगै यता नेपाली काँग्रेस वालिङ ८ को आयोजनामा बी पी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस ज्येष्ठ नागरिक परिषदका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला कार्यवहाक सभापति मुक्तिप्रसाद सुबेदीले राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताउनुभयो ।
नेता सुबेदीले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले पनि बीपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गर्नुभयो ।
कार्यक्रममा काँग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारीले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
नेपाली काँग्रेस वालिङ ८ का सचिव गोपालप्रसाद सुबेदीको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम वडा सभापति कमलप्रसाद सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


