विरुवामा ४५ दिने प्लम्बिङ तथा हाउस वायरिङ तालिम शुरु ।
आँधीखोला खवर/ विरुवा :
स्याङ्जाको विरुवा गाँउपालिका ८ ललाङमा ४५ दिने प्लम्बिङ तथा हाउस वायरिङ तालिम शुरु भएको छ । विरुवा ८ को आर्थिक सहयोग तथा आईटेक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र काठमाडौँको प्राविधिक सहयोगमा तालिम शुभारम्भ भएको हो । तालिममा २५ जना युवाहरुको सहभागिता रहेको छ भने सहजीकरण गिरमान गुरुङले गर्नुहुनेछ ।
युवाहरुलाई सिपमुलक तालिम दिएर आफ्नै गाँउठाउँमा स्थापित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष प्रकाश थापाले युवाहरुलाई सिपमुलक तालिम दिएर दक्ष बनाई युवा स्वरोजगारतर्फ उन्मुख बनाईने बताउनुभयो । गाउँमै स्वरोजगारको सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न यस्ता सिपमुलक तालिम प्रदान गरिएको अध्यक्ष थापाको भनाई छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


