स्याङ्जामा संचालनमा ल्याइएको ‘फुड बैंक’ के हो ?
प्रकाश डोटेल/स्याङ्जा :
लामो समयदेखिको कोरोना कहरबाट दैनिक गुजारा चलाउन हम्मेहम्मे भएका परिवारलाई लक्षित गरेर स्याङ्जामा खाद्य सामग्री वितरण तथा संकलन केन्द्र ‘फुड बैंक’ संचालन गरिएको छ ।
पहिलो पाईला नेपाल जिल्ला शाखा स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ शहिदचोकमा ‘फुड बैंक’ संचालनमा ल्याएको हो । “हुनेले दिएर जाऔं, नहुनेले लिएर” भन्ने अभियान अन्र्तगत ‘फुड बैंक’ संचालन गरिएको छ ।
“कोरोनाले त्रसित बनेको बेला मजदुरी गरेर खाने वर्गलाई लक्षित गरेर खाद्य सामग्री वितरण गर्न थालेका हौं ।” पहिलो पाईला नेपालका सदस्य झलक अर्यालले भने, “संस्थाका सदस्य, शुभेक्छुक र स्थानीय व्यवसायीको सहयोगमा अभियान संचालन गरेका छौं ।”
.

बुधबारबाट संचालनमा आएको ‘फुड बैंक’ बाट करिब १ परिवारले खाद्यान्न सामग्री लगेको संस्थाले जनाएको छ । संस्थाले हाल दाल, चामल, नुन, तेल र तरकारीजन्य सामग्री वितरण गरेको छ । सहयोग प्राप्त भईरहे अभियानलाई निरन्तरता दिदै जाने संस्थाले जनाएको छ ।
अभियान संचालन भएपछि जिल्ला सदरमुकाममा दैनिक ज्यालादारी गरेर गुजारा चलाउँने परिवारलाई सहज भएको स्थानीयले बताए । उनीहरुका अनुसार पूर्ण रुपमा काम बन्द भएका परिवारलाई अभियानले ठूलो राहत पुगेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


