स्याङ्जा जिल्ला केही खुकुलो बनाईयो,निजीमा जोर बिजोर लागु, सार्वजनिक यातायात चलाउन नपाईने ।
स्याङ्जा :
कोरोना संङ्क्रमणको दर कम हुँदै गएपछि स्याङ्जामा जारी गरिएको कडाईलाई केही खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कडाई गर्ने कार्यलाई केही खुकुलो पारेको हो । बैठकले स्याङ्जामा संङ्क्रमणको दर कम भएको भए पनि छिमेकी जिल्लामा बढिरहेको भन्दै केही खुकुलो मात्रै पारिएको प्रशासनले जनाएको छ ।
बैठक पछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जिल्लाभर लागु हने गरी सङक्रामक रोग ऐन, २०२० बमोजिम आदेश जारी गर्नु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संङक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ को व्यवस्था बमोजिम स्याङ्जा जिल्लाभर लागू हुने गरी भदौ १८ गते राती १२ बजे देखि भदौ ३१ गते राती १२ बजे सम्मका लागि नयाँ आदेश जारी भएको हो ।
आदेशको अवज्ञा गरी सेवा तथा कार्य संचालन गरे गराइएको पाइएमा संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानून बमोजिम कारवाही हुने प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।
के-के गर्न पाईन्छ के-के गर्न पाईदैन :
१. अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, संभव भएसम्म पटक पटक साबुन पानीले हात धुने, संभव नभए स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने
२. जिल्लाभित्र तथा बाहिर संचालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनहरु संचालन नगर्ने । एम्बुलेन्स तथा शव बाहन बाहेकका सवारी साधन विहान ६ बजे देखि बेलुका ९ बजे सम्म संचालन गर्ने
३ शैक्षिक संस्थाहरु, पुस्तकालय, गोष्ठी, तालिम र सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, पार्टी प्यालेस लगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना लगायतका सेवा तथा स्थलहरु खोल्न नपाईने ।
४ मानिसहरु भेला जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुश गर्ने, महोत्सव गर्ने, तथा सबै धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा कियाकलापहरु आयोजना गर्न र सहभागी हुन नपाईने
जिल्ला भित्र निजी सवारीसाधन तथा ट्याक्सी जोर विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरको र विजोर गते विजोर नम्बरको सवारी संचालन गर्ने साथै यस्ता सवारी साधनमा चालक बाहेक बढीमा २ जना मात्र सवार हुन पाउने।
५ आम जिल्लावासीको जीवनयापन सहजीकरणका लागि नेपाल सरकारले जारी गरेका कोभिड १९ को सन्दर्भमा पालना गर्नपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड, २०७७, कोभिड १९ महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ती क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड, २०७७ को पूर्ण पालना गराई देहाय बमोजिमका कार्य तथा सेवा बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म संचालन गर्ने
क) भौतिक दूरी कायम गरी बुंदा नं। ३ मा उल्लेख भए बाहेकका सबै किसिमका व्यवसायीक गतिविधीहरु संचालन गर्ने,
ख) खाद्यान्न, कृषि र पशुपंक्षी तथा निर्माण सामग्रीहरु लगायतका ढुवानीका सवारी साधनहरुलाई बिहान ६ देखी बेलुका ९ सम्म मात्र संचालन गर्ने,
ग) सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरुले तोकिए बमोजिमका स्वास्थ्य र सुरक्षाका मापदण्ड, २०७७ को पालना गर्ने, भौतिक दूरी कायम गरी संचालन गर्ने,
घ) जिल्ला भित्र निजी सवारीसाधन तथा ट्याक्सी जोर विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरको र विजोर गते विजोर नम्बरको सवारी संचालन गर्ने साथै यस्ता सवारी साधनमा चालक बाहेक बढीमा २ जना मात्र सवार हुन पाउने।
.

समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


