स्याङ्जामा ४२ वटा क्वारेन्टाइन खाली,कोरोना संक्रमित ५ जनामा मात्र ।
स्याङ्जा : देशभर कोरोनाको महामारी फैलिरहँदा स्याङ्जामा ४२ वटा क्वारेन्टाइन खाली भएका छन् । भारत र तेस्रो मुलुकबाट जिल्लाबासी आएपछि राख्नका लागि जिल्लामा ५२ वटा क्वारेन्टाइन बनाइएकाे थियो ।
जिल्लामा १० वटा पालिकामा १/१ वटा क्वारेन्टाइनस्थल छन् । भीरकोटमा १५ जना, कालिगण्डकीमा ११ जना, वालिङ र हरिनासमा ८/८ जना, पुतलीबजार र गल्याङमा ७/७ जना, बिरुवामा ६ जना, फेदिखोलामा ४ जना तथा अर्जुन चौपारी र आँधीखोलामा २/२ जना गरी क्वारेन्टाइनमा ७० जना रहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताउनु भयाे ।
कोरोनाको सुरुवातमा विद्यालयमा क्वारेन्टाइन बनाइएकोमा आउनेको संंख्या घटेसँगै पालिकाले सामुदायिक भवन तथा होटलमा क्वारेन्टाइन बनाएका छन् । जिल्ला अस्पताल, कालिका अस्पताल, गल्याङ,भाटखोला र चापाकोट अस्पतालको आइसोलेसन समेत खाली छन् ।
४ हजार ९ सय ७७ जनाको स्वाव संकलन गरी ४ हजार ८ सय ८२ जनाको पिसिआर परीक्षणमा ३ सय १० जना कोरोना पोजेटिभ देखिएकोमा ३ सय ३ जना निको भएर घर फर्केका छन् । कोरोनाका कारण २ जनाको निधन हुँदा वालिङमा २ जना र करेन्डाँडामा ३ जना आइसोलेसनमा छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


