लकडाउनको सदुपयोग गर्दै वालिङमा सञ्चालित सास्कृतीक पाठशालामा गरियो ‘श्राद्ध’ को अभ्यास ।
वालिङ :
धर्म,संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङमा सञ्चालित सांस्कृतीक पाठशाला अन्तरगत ‘श्राद्ध’ सस्कारको कर्म अभ्यास गरिएको छ ।
वालिङ नगरपालिका वडा नम्वर ८ मा सञ्चालित पाठशालामा आगामी हप्ता शुरु हुन लागेको सोह्रश्राद्ध अर्थात पितृ कार्यलाई ध्यानमा राख्दै कर्माभ्यास गराईएको हो ।
कोभिड १९ का कारण बन्दाबन्दी शुरु भए पछि फुर्सदको समयको सही सदुपयोग पनि हुने र धर्मसंस्कारको संरक्षण पनि हुने भन्दै पाठशाला सञ्चालन गरिएको स्थानीय युवा प्रकाश अर्यालले बताउनु भयो । गाँउका प्रतिष्ठित शिक्षकहरु, सफल ब्यवशायी तथा अन्य पेशाका जागरुक युवाहरुको रुचि र पाठशाला शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
गत जेठ ११ गतेबाट शुरु भएको पाठशालामा हिन्दु धर्म अन्तरगतका बिभिन्न संस्कारका बारेमा प्रशिक्षण सञ्चालन भईरहेको छ । पाठशालामा वेद पाठ, अग्निस्थापना, श्राद्ध पद्धती लगायतकोे अध्ययन भईरहेको स्थानीय युवा हरि अर्यालको भनाई छ ।
प्रशिक्षार्थीहरु नै कर्ता र यजमान भई श्राद्ध पद्धती अनुशार अभ्यास गर्न पाउँदा सहि शास्त्रीय बिधिको ज्ञान प्राप्त भएको प्रशिक्षार्थी त्रिबिक्रम अर्यालले बताउनु भयो ।
भिमटारी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मोहिनी शरण स्मृती प्रतिष्ठानको सह आयोजनामा पाठशाला सञ्चालन भईरहेको हो । सस्थाकै उद्देश्य बमोजिमको काम भई रहेको दुबै सस्थाका अध्यक्षहरु नेत्र नारायाण रेग्मी र धु्रवराज उपाध्यायले बताए ।
धर्म संस्कारको संरक्षण गर्दै सिकाई कार्य गरिने उक्त अभियानका लागि नगरपालिका तथा अन्य निकायबाट साथ भएमा नियमित रुपमा गुरुकुल सञ्चालन गर्न सकिने स्थानीयको भनाई छ । पाठशालामा १८ देखि ५० बर्ष उमेर समुहका व्यक्तिहरुको सहभागिता रहेको छ ।
पाठशालाका गुरु ध्रुवराज उपाध्यायको सुपरिवेक्षणमा प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


