पोखरामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु।
पोखरा : श्वासप्रश्वासमा समस्या भएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका कोरोना संक्रमितको शुक्रबार निधन भएको छ । पोखरा–१६ का ५२ वर्षीय पुरुषले अस्पताल पुग्ने बित्तिकै ज्यान गुमाएका हुन् ।
उनमा कोभिड–१९ सँगै मधुमेह र उच्च रक्तचापको समस्या भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताउनु भयाे ।
शुक्रबार बिहानै कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पुगे । उनकाे उपचारका क्रममा उनको मृत्य भएको बताइएकाे छ ।
योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
.
समाचार
थप सामाग्रीलागूऔषधसहित दुई युवक पक्राउ
२ हप्ता अगाडि
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको…