आज ऋषिपञ्चमी !
काठमाण्डौ : भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।
ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलाे आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।
ऋषि पञ्चमीको दिन काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालुको भीड लाग्ने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण मन्दिर खुलेका छैनन् । सरकारले धार्मिक स्थल बन्द गर्न निर्देशन दिएको छ भने स्वास्थ्यकर्मीले पनि भिडभाडमा नजान सल्लाह दिएका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


