पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण, मृतकको संख्या १२६ पुग्यो !
नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ दुई पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
योसँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
यो सँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । योसहित निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


