नयाँ दल नेकपा एमालेकाे चुनाव चिन्हः उदाउदाे सूर्य
निर्वाचन आयोगले नयाँ पार्टी नेकपा एमाले दल दर्ता गरेकाे छ। साे दललाई उदाउदै गरेकाे सूर्य चुनाव चिन्ह समेत प्रदान गरेकाे छ ।
आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताएका छन् ।
आयोगले नयाँ दल नेकपा एमालेले माग गरे अनुसार उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। साे दल नेकपा अध्यक्ष केपी शर्मा अाेलीकै निर्देशनमा दर्ता भएकाे दावी अर्का अध्यक्ष प्रचण्डले गर्दै आएका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


