मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोली घोषणा
कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले घोषणा गरेको २३ सदस्यीय टिम निकै बलियो देखिएको छ ।
टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरी ए को उपाधि दिलाएका पाउल डिबाला परेका छन् ।
विश्वकप २०१८ पछि पहिलो पटक सर्जियो अग्युरो टिममा पर्न सफल भए । गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन परेका छन् ।
यस्तै डिफेन्डर जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना र मिल्टन कस्को टिममा परेका छन् ।
मिडफिल्डर लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया पनि टिममा परेका छन् ।
फरवार्ड लाउटारो मार्टिनेज, म्याटिस सुआरेज पनि २३ सदस्यीय टिममा पर्न सफल भएका छन् । एजेन्सी
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


