एउटै वडामा १४ जनामा कोरोना संक्रमण देखिएपछि कडाइ।
भवानी अधिकारी/स्याङजा : एउटै वडामा १४ जना कोरोना संक्रमित पुष्टि भएपछि वडावासीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन सूचित गर्दै वडाले कडाइ थालेको छ। पुतलीबजार नगरपालिका १३ ले पुलको मुख, हटिया, सिस्नेरी, तोरीखोला, फेदि, सातुपसल वरपरका गाउँ÷ टोललाई लक्षित गर्दै अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सूचित गरेको हो ।
आफू पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं भन्दै अत्यावश्यकका पसल बिहान साढे ७ देखि ९ बजेसम्म खोल्ने, सामान खरिदका बेला सामाजिक दुरी कायम गरी सेनीटाइजर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने नियम बनाइएको वडा अध्यक्ष ख्यामनारायण अधिकारीले जानकारी दिए ।
अहिलेको समय खेतीपाती गोडमेलको समय रहेकाले आफ्ना परिवारका सदस्यलाई मात्र खेतीपातीको काममा सहभागी गराउन समेत सूचित गराउँदै दैनिक माइकिङ् गरेर वडाबासीलाई जानकारी गराइएको सदस्य जुद्ध थापाले बताए ।
जुवातासको आरोपमा पक्राउ परेका युवामा कोरोना संक्रमण पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले बताए । कन्ट्रयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनका परिवार, साथी र बालबालिका गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


