गल्याङमा आगलागी हुँदा तिन घर दुइ गोठ जलेर पुर्णरुपमा नष्ट
नारायण विश्वकर्मा / गल्याङ
स्याङ्जाको गल्याङ नगरपालिका ९ मनहरीमा एक्कासी आगोलागी हुँदा तिन घर र दुइ गोठ जलेर पुर्णरुपमा नष्ट भएको छ ।
मंगलबार साँझ स्थानीय गोपाल प्रसाद खनालको घर, गोठ, काठपात जलेर पुर्णरुपमा नष्ट भएको छ भने दुइ ओटा भैंसी घाईते भएको गल्याङ प्रहरी चौकीले जनाएको छ । खनालको एक लाख ६५ हजार बराबरको क्षती भएको छ ।

प्रहरीका अनुसार अर्का स्थानीय शालिकराम खनालको पनि घर, गोठ र काठपात पुर्णरुपमा जलेर नष्ट भएको छ । उनको पाँच लाख बराबरको क्षती भएको छ ।
त्यस्तै अर्का स्थानीय मोहन ढकालको घर जलेर पुर्ण रुपमा जलेर नष्ट भएको छ । उनको दुइ लाख ५० हजार बराबरको क्षती भएको छ ।
गोठ नजिकै रहेको परालको टौवाबाट आगोलागी भएको स्थानीयको भनाई छ ।
आगो कस्ले र किन लगायो भन्ने खुल्न सकेको छैन । स्थानीयले समयमै आगोलाई नियन्त्रणमा लिएकाले थप क्षती र मानविय क्षती हुन पाएन । हावाहुरीका कारण गोठमा सल्काएको आगो टौवामा लागेको हुन सक्ने प्रहरीको आसंका छ । यस सन्दर्भमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


