पुतलीबजारका एकै परिवारका चारसहित ८ जनामा कोरोना संक्रमण
स्याङजा : स्याङ्जामा मंगलबार साँझ थप ८ जना संक्रमित थपिएका छन्। कन्ट्याक्ट ट्रेसिङका आधारमा देखिएको संक्रमणमा एकाघरका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुतलीबजारका एक युवाका परिवारका बाबा, आमा, दाजु, भाउजुसहित उनका साथीहरु संक्रमित बनेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिनुभयाे ।
ती युवामा संक्रमण पुष्टिपछि स्वास्थ्य कार्यालयले उनका वडाका ३८ जनाको कन्ट्याक् ट्रेसिङ गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
संक्रमण पुष्टि हुनेमा २ महिलासहित ६ जना पुरुष छन्। गण्डकी प्रादेशिक कार्यालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार ६९, ३०, ३३, ३२, २३, ३९ बर्षका पुरुष र ५२, २३ बर्षीया महिला हुन्। उनीहरु सबैलाई आइशोलेशनमा राखिएको छ।
संक्रमितमध्ये ७ जना पुतलीबजारको र एक जना वालिङका ३९ वर्षका पुरुष रहेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख काफलेले जानकारी दिनुभयाे ।
योसँगै स्याङ्जामा संक्रमितको संख्या २ सय ८० पुगेको छ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


