संक्रमित बढेपछि पुतलीबजार १० दिन बन्द,क्रमश जिल्ला बन्द गरिने (भिडियो सहित)।
स्याङ्जा : पुतलीबजार नगरपालिका मंगलबारदेखि पूर्ण बन्द गरिने भएको छ। कोरोना भाइरस संक्रमण बढेसँगै नगरपालिका सिल भएको हो।
कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मंगलबारदेखि १० दिनका लागि पुतलीबजार सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए। कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दै सचेत र सावधानी अपनाउनु पर्ने बैठकको निष्कर्ष छ।
नगरभित्र कोरोना संक्रमण फैलन नदिने उद्देश्यले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ। बाहिर निस्कनु परेमा अनिवार्य माक्स, सेनिटाइजरको प्रयोग गर्न र उच्च सतर्कता अपउनाउन सुझाव छ।
सार्वजनिक तथा निजी सवारी साधन सबै बन्द गरिने, अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गरिने, बैंक तथा वित्तीय संस्थाले नियन्त्रित भइ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सेवा प्रवाह गर्नु पर्ने, अत्यावश्यकबाहेकका पसल तथा अन्य व्यवसाय, उद्योग बन्द गराउन व्यवसायीका छाता संगठनलाई जानकारी गरेको प्रजिअ क्षेत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका सिल गरिएको हो। पुतलीबजारमा हालसम्म २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ५ जना निको भएर घर फर्केका नगर स्वास्थ्य प्रमुख विष्णु काफलेले जानकारी दिए। जिल्लाभर संक्रमितको संख्या २ सय २३ पुगेको छ। तीमध्ये १ सय ८३ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताए।
.
२१ प्रहरी संक्रमीत भएपछि अब क्रमश: स्याङ्जा बन्द गरिदै ! के-के निर्णय गर्यो CCMC ले हेर्नुहोस
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


