राजनीतिक पूर्वाग्रहले बाटो खायो : श्रेष्ठ
मेखलाल श्रेष्ठ : देश कोभिडबाट प्रभावित हुँदै प्राकृतिक रुपमा जर्जर भएका बेला यो सदनमा प्रदेशका जनताका समस्या सुन्ने मन्त्रीज्यूहरको उपस्थिति निकै कम छ । प्रदेश सभामा कस्ता विषय आएका छन् भन्ने कुरा सुनेर समाधान गर्ने बेलामा अगाडिको लाइन खाली छ । मन्त्रीज्यूहरु निकै कम देखिुनभएको छ । यही समस्या समाधानका लागि जिल्ला जानुभएको छ कि आन्तरिक किचलोका कारण सत्ता जोगाउने खेलमा लाग्नुभएको छ । यस्तो हुनुहुँदैन ।
स्याङ्जाको भीरकोट नगरालिकाको बयरघारी–मयनडाँडा हुँदै पर्वत जाने, टेन्डर गरेर पिच हुने अवस्थामा थियो । ठेकेदारको समय थप भएको छ । तर सरकारले पैसा नदिएका कारण काम हुन सकेको छैन । बयरघारी बानेथोक बिरुवाको बाटो राजनीतिक पूर्वाग्रहका कारण बजेट नपरेकाले मोटर साइकल हिँड्न सक्ने अवस्था छैन । बिरामी हुँदा उपचारका लागि अस्पताल लैजान समेत समस्या परेको छ ।
हेलु कालिका सामुदायिक कालिका अस्पतालले जसरी आफूले अग्रसर भयो । अहिले प्रदेशले आफ्नो मातहतमा ल्याउन मुख्यमन्त्रीले धेरैपटक वचन दिनुभयो । तर सरकारले चासो देखाएन ।
(नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता श्रेष्ठले प्रदेश सभामा राख्नु भएकाे भनाइ)
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


