आमाको किरिया गर्दै छोरीहरु
भवानी अधिकारी/स्याङ्जा :
गल्याङ् नगरपालिका १० सिमलसौंराका २५ बर्षिया देवी राना आमाको किरिया बसेकी छन् । छोरीले पनि आमाको किरिया गर्छन भन्ने मान्यतालाई आत्मसात् गर्दे १२ दिन किरिया बस्ने उनले बताईन् । तीन छोरी मध्ये उनी माइली हुन ।
जेठी छोरी मालती विवाहित छन् । कान्छी छोरी नारायणी घाईते भएकाले ती दुईजना चोखो खाएर किरिया बसेका छन् । माइली छोरी देवी भने छोराले झैें (रही) किरिया बसेकी छन् ।
साउन ७ बुधवारको पहिरामापरी आमा माया रानाको मृत्यु भयो भने आमासंगै सुतेकी वहिनी नारायणी घाईते भईन् । घाइते उनलाई उपचारका लागि पोखरा पठाइएकोे थियो । आमाको अन्तिम संस्कारमा सहभागी हुन उनलाई बिहीवार स्याङजा ल्याइएको हो । हाल उनी वालिङ स्थित आफन्तकहाँ बसेर उपचाररत छन् । उनले घरमा पुगेर किरिया बस्न सकिनन् । उनको खुट्टामा चोट छ ।
मृतक ५२ बर्षिया मायाको बिहीवार नै पवित्र तिर्थस्थल रामनदीधाम राम्दीमा हिन्दु संस्कार अनुरुप अन्त्येष्टि गरिएको छ । शुक्रवारदेखि धार्मिक बिधी अनुरुपका नियमित किरियाकार्य सुरु गरिएका र बिधि अनुरुप माइली छोरीले पुरा गर्दे आएको छिमेकी फर्सुराम खनालले जानकारी दिए ।
भारतीय सेनावाट अवकाशप्राप्त ५५ बर्षिय गुमबहादुरु (मृतकका पति) राना भारतको सिलगुढीमा बस्छन् । अर्को घरजम गरिबसेका उनी पत्नीको निधनको दुखद घटनापछि घर फर्केका हुन । बढ्दो कोरोना संक्रमणका कारण उनी होम क्वारेन्टाईनमा छन् ।
जेठी छोरी मालतीको विहे गल्याङमा भएको हो । पछि उनी तराई झरिन् । आफुसंगै माइली बहिनी (देवी) लाई पनि लिएर उतै राखेर पढाईन् । अहिले उनी स्नातक तहमा पढ्छिन् ।
‘आमाले अनेक दुःख, समस्या झेल्दै हामीलाई हुर्काउनुभयो, बढाउनुभयो, पढाउनुभयो यसप्रति कृतज्ञ छु, आमो सेवाभावप्रति म किरिया बसेकी हुँ ’ रानाले बताईन् । ‘मेरा छोरा नै तिमी हौं’ आमाले सधैं यसो भन्नुहुन्थ्यो उनले भनिन् ।
यता, गल्याङमा भने आमा र कान्छी बहिनी नारायणी बस्दैै आएका थिए । नारायणीले पनि दश जोड २ सकेर वालिङमा स्नातक तहको अध्ययन सुरु गरेकी छन् ।
गल्याङ्को सिमलसौँरामा बुधवार बिहान गएको पहिरोले घर भत्केर पुरिदा ५२ बर्षिया माया सारुको घटनास्थलमै मृत्यु भएको थियो । उनका २० बर्षिय छोरी नारायणी सारु घाईते घाईते भईन ।
करिब २५ मिटर माथीदेखि झरेको पहिरोले राना परिवारको घर, गोठ भत्काउनुका साथै पुरेको छ । घर अगाडी बनाइएका शौचालय, धारा, आगँन झारेर झण्डै ५०÷६० मीटर तल पुरयाएको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


