पूर्वमन्त्री जोशीलगायत तीन जना कांग्रेसबाट निस्काशित।
काठमाडौं : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना पार्टीबाट निस्काशित भएका छन्।
नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो ।
जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस अघि उनीहरुसँग स्पष्टिकरण सोधिएको थियो।
३ दिनको म्याद राखि अन्तिम पटक सोधिएको स्पष्टिकरण पनि चित्तवुझ्दो नभएको अनुशासन समितिले जनाएको छ ।
जोशीले गत निर्वाचनमा तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए।
यस्तै पूर्वमन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरिएको छ। यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ।
विज्ञप्ति यस्तो छ-

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


