प्रहरी नै कोरोना संक्रमित भएपछि स्याङजाका ६८ प्रहरी सहित ९९ जनाको श्वाव पठाईयो
भवानी अधिकारी/स्याङजा :
कोरोना भाइरस संक्रमण कार्यालयमै देखिएपछि प्रहरी कार्यालयभित्र रहेका सबैको नमूना श्वाव संकलनगरी बिहीवार पोखरा पठाइएको छ ।
प्रहरी कर्मचारी ६८, थुनुवा ५ र क्वारेन्टाईनका २७ जनाको नमूना श्वाव संकलनगरी पोखरा पठाइएको हो ।
प्रहरी कर्मचारीका थुनुवा, सहित ७३ जना र नगरपालिकाको क्वारेन्टाईनमा बसेका २७ जनाको नमूना श्वाव प्रादेशिक प्रयोगशाला पोखरा पठाएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले बताए ।
‘बुधवार पनि प्रहरीका ३० सहित ४६ जनाको पिसिआर परिक्षणका लागि पठाएका छाैं ’ प्रमुख काफ्लेले थपे, ‘क्वारेन्टाईनका १० र ट्राफिक कार्यालयका ६ जना हुन ।’
मंगलबार कार्यालयमा कार्यरत ३ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै अन्यको पनि नमूना श्वाव संकलन गरिएको हो । कार्यालय भित्र रहेका प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएकाले जिल्ला प्रहरी कार्यालय बुधवारदेखि शिल छ ।
सर्वसाधारण तथा सेवाग्राही प्रवेशमा पूर्ण रोक लगाए पनि सेवाग्राहीले निवेदन तथा जाहेरी, सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नु परेमा बिद्युत्तिय माध्यमको प्रयोगगरी इमेल तथा फोनको प्रयोगगरी सेवा लिनुहुन प्रहरी उपरीक्षक विमलराज कणेलको सुझाव छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


