प्रहरी युवकले नै गरे बालविवाह, ६ जनामाथि मुद्दा
स्याङ्जा : प्रहरी पेशामा आवद्ध स्याङ्जा आँधीखोलाका २४ वर्षीय युवक बालविवाहको आरोपमा पक्राउ परेका छन् ।
आँधीखोला गाउँपालिका–१ का नारायण तिवारीले १७ वर्षीया बालिकासँग विवाह गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सोमबार प्रहरीले तिवारीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
प्रहरीका अनुसार तिवारीले आँधीखोला–३ १७ वर्षीया बालिकासँग विवाह गरेका थिए । स्थानीयहरुका अनुसार प्लस टू अध्ययनरत केटीका आफन्तले नै बिहेको ११ औं दिनमा उजुरी दिएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले बेहुला, बेहुलीसहित दुबैतर्फका आमा, बाबुलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । अहिले उनीहरु ६ जना नै प्रहरी हिरासतमा छन् । दुबैको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमै सीमित व्यक्तिको रोहवरमा विवाह सम्पन्न भएको थियो । तर कोरोनाका कारण जारी लकडाउनका बेला धेरैले चाल नै पाएनन् ।
तिवारीसहित आरोपितहरुमाथि थप छानविन गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जनाए । यससँगै बालविवाहका आरोपित तिवारी जागिरबाट निलम्बनमा परेका छन् । विवाह गर्न कानूनी रुपमा कम्तिमा २० वर्ष हुनुपर्ने प्रावधान छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


