पाल्पा-बुटवल सडक खण्ड फेरि अवरुद्ध, राति यात्रा गर्न रोक
पाल्पा – सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
हिजो एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाएको छ । पहिरोको जोखिम बढेपछि अर्को सूचना नआएसम्मका लागि बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


