साेमवारे औंशी ! के छ यसकाे महत्व ।
जुन सोमबारको दिन औंशी पर्दछ त्यहि दिनलाई सोमबारे औंशी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औंशी। तर सोमवार र औंशी मात्रको संयोग भने कहिलेकाहि मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औंशी पर्दछ। यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ। याे दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्टलमा टाढा टाढाबाट भक्तजनहरु धाउने गर्दछन। हिन्दु धर्मावलम्बी अनुसार “सोमबारे औंशी”को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र याे दिन भगवान शिवजी मै समर्पित छ।
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
५ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


