स्याङ्जाको वालिङमा ‘एक घर एक धारा’
वालिङ : लामो समयदेखि खानेपानीको समस्यामा रहेका वालिङ नगरपालिका–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दाका घर घरमा खानेपानीको धारा जडान गरिएको छ ।
वालिङ–२ मा ‘चिसापानी-अर्मादीखोला लिफ्टिङ खानेपानी आयोजना’ निर्माण गरेसँगै यहाँका २१३ घर लाभान्वित भएका खानेपानी आयोजनाका अध्यक्ष हरि रेग्मीले बताए ।
गण्डकी प्रदेश सरकारको हालसम्म एक करोड ५० लाख र स्थानीयवासीको रु ४० लाख बराबरको जनश्रमदानमा खानेपानीको सहज आपूर्ति भएको उनले जानकारी दिए ।
‘वालिङ–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दालाई एक घर एक धारा जडान गरेका छौँ’, उनले भने, ‘हालसम्म २१३ घरमा एक घर एक धारा जडान गरेका छौँ भने बाँकी रहेका करीब ४० घरमा पनि वर्षा सकिएलगत्तै धारा जडान गरिने छ ।’
बस्तीभन्दा तल रहेको अर्मादी खोलाको किनारमा इनार खनेर त्यहीँबाट विद्युत्को सहायताबाट ३२० मिटरको उचाइमा रहेको ट्याङ्कीमा पानी सङ्कलन गरिएको उहाँले बताए ।
पानी प्रशोधन गर्नका लागि फिल्टर सहितको दुई लाख लिटर र पानी सङ्कलन गर्नका लागि एक लाख २० हजार लिटरको दुईवटा ट्याङ्की निर्माण गरिएको छ ।
२०७६ मङ्सिरबाट थालिएको उक्त आयोजनाका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको दुई करोडमध्ये एक करोड ५० लाख र उपभोक्ताहरुबाट सङ्कलन भएको ४० लाखमध्ये २५ लाख खर्च भएको छ ।
नयाँ नयाँ घरहरु निर्माण हुने क्रम रहेकाले बाँकी रहेका घरहरुमा वर्षायामको समाप्तिसँगै धाराहरु जडान गरिने अध्यक्ष रेग्मीले बताए ।
उपभोक्ता समितिले मर्मतसम्भारका लागि रु दश लाख बराबरको जगेडा कोष खडा गरेको छ । ‘खानेपानीका लागि हाहाकार थियो, पशुचौपायाका लागि घर नजीकै रहेका खोल्साखोल्सीको पानी प्रयोग गथ्र्यौं’, उनले भने, ‘तर हामीलाई चाहिने एक गाग्री खानेपानीका लागि कम्तीमा पनि आधा घण्टाको समय खर्चनुपर्ने बाध्यता थियो, अहिले घरघरमै खानेपानीका धारा निर्माण भएसँगै सहजता भएको छ ।’ रासस/फाईल-तस्विर
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


