विपदलाई पुर्वाग्रह नगरी सहयोग गरौं : विश्व हिन्दु महासंघ स्याङ्जा
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
कोरोना भाईरसको महामारीसंग जुधिरहेका बेला प्राकृतिक विपदले यति बेला स्याङ्जासहित देशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । यस दुखद घडिमा दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै विश्व हिन्दु महासंघ नेपाल स्याङ्जा शाखाले पुर्वाग्रहरहितको सहयोग गर्न अनुरोध गरेको छ । संघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुली र जिल्ला अध्यक्ष हरिहर पाण्डेद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा भनिएको छ ‘विपदमा परेका पीडित घरपरिवारलाई नेपाल सरकारका संघ, प्रदेश, स्थानीय सरकार एवं छरछिमेक, संघसंस्था तथा सबै नेपालीले पुर्वाग्रहरहित सहयोग गर्न अपिल गर्दछौँ । साथै बाढी, पहिरो, रोग, महामारीको जोखिममा खटिनु भएकाप्रीत धन्यवाद व्यक्त २०७७ सालमा घटेका दुखद र अकल्पनीय घटनाहरुप्रीत गहिरो दुख व्यक्त गर्दछौा ।’ कोरोनाको कहरका बीच बर्खा लागेसंगै बाढी, पहिरो, चट्यांङ, हावाहुरीका कारण स्याङ्जासहित, रुपन्देही, म्याग्दी, सिन्धुपाल्चोक, सप्तरी, बर्दिया, धादिङलगायतका जिल्लाहरुमा भएको घटनाले ठुलो धनजनको क्षतिप्रति विश्वहिन्दु महासंघ स्याङ्जा स्तब्ध भएको जनाएको छ ।
अझै पनि बाढी आउने सम्भावना रहेकाले सबै नागरिक सजग र सर्तक रहन पनि महासंघले आग्रह गरेको छ । बाढी पहिरोबाट क्षती हुने पालिकाको पहिचान गरी सम्वन्धित निकायले चासो राख्न पनि महासंघले ध्यानाकर्षण गरेको छ । स्या³जा भौगोलिक रुपले पनि पहाडी जिल्ला भएकाले बाढी पहिराको जोखिमलाई न्युनिकरण गर्न सम्वन्धित नकायले चासो देखाउन समेत सरकारलाई आग्रह गरेको छ ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


