स्याङ्जामा आज ३५ जना कोरोना जितेर घर जाँदै ।
स्याङ्जा :
स्याङ्जामा आज थप ३५ जना कोरोना जितेर घर जाने भएकाछन् । यो सँगै स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय ६६ पुगेको छ । एक सय ९३ जना सङक्रमित मध्ये २ जनाको मृत्यु भएको छ भने अन्य सङ्क्रमित जिल्लाका बिभिन्न आईसोलेशनमा रहेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
केही दिनयता, जिलामा नयाँ कोरोना सङक्रमित भेटिने क्रममा कमी आएको छ त्यस्तै विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ । भारतबाट नेपालीहरु आउने क्रम घटेसँगै सङक्रमितको दर पनि घटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताउनु भयो ।
स्याङ्जामा कोरोनाको अवस्था कस्तो छ हेरौं भिडियो
.
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


