उर्लदो आँधीखोलामा भेटियो पुरुषको शव
आँधीखोला खबर :
निरन्तरको बर्षा सँगै उर्लदो आँधीखोलामा पुरुषको शव फेला परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ४ डुडे स्थित आँधीखोलाको किनारमा पुरुषको शव फेला परेको हो । बढेको आँधीखोलाले शव बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाई छ । यो समाचार तयार पार्दा सम्म मृतकको पहिचान खुलेको छैन । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


