फेदीखोला गाँउपालिकामा कांग्रेसको जागरणसभा सम्पन ।

आँधीखोला खवर/ फेदीखोला :
नेपाली कांग्रेसको जागरणसभा फेदीखोला गाँउपालिकामा सम्पन भएको छ । फेदीखोला गाँउपालिका वडा नम्वर १ पोखरीमा भएको कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधी गोविन्द प्रसाद भट्टराईले कम्युनिष्टहरु वोली र व्यवहारमा फरक रहेको आरोप लगाउनु भयो नेता भट्राईले नेपालका कम्युनिष्ट प्रचार गर्न सिपालु तर व्यवहारमा ठीक उल्टो गरिरहको दावी गर्नु भयो । उहाँले राज्यको ढिकुटीमा मोज मात्रै गरिरहेको र जनतालाई कर को भारी बोकाएको धाराणा राख्नुभयो । सत्तारुढ दलले जितेका स्थानीय तहमा आफै टेन्डर लिने, आफ्नै डोजर चलाउने काम गरेर भ्रष्ट्राचार गरेको आरोप समेत लगाउनु भयो ।

जागरण सभामा कार्यक्रम संयोजक गोविन्द रानाभाट, महिला नेतृ करुणा पौडेल, नारायण पौडेल, लगायतले बोलेका थिए । कांग्रेस फेदीखोला गाँउपालिकाका सभापति महेन्द्र थापाको अध्यक्षतामा भएको जनगाजरण सभाको सञ्चालन यम प्रसाद पौडेलले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


