वालिङ काठमाडौं सम्पर्क समितिद्वारा एक लाख प्रदान
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद प्रदान गरेको छ ।
वालिङ नगरपालिकामा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका वालिङ काठमाडौं सम्पर्क समितिद्वारा रकम संकलन गरी नगरपालिकाको राहत कोषमा उपलब्ध गराईएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।
विश्व समुदाय कोभिड १९ को महामारीसँग जुधिरहेको बेला वालिङ नगरपालिकाले कोभिड १९ को ब्यवस्थापनका लागि स्थापना गरेको राहत कोषमा रकम जम्मा गरिएको कोषाध्यक्ष पंगेनीले बताउनुभयो ।
कोभिड १९ बिरुद्धको नगरपालिकाको अभियानमा वालिङ काठमाडौं समितिले रकम उपलब्ध गराएर ठूलो सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गर्नुहुँदै प्राप्त रकमको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी झण्डै ६१ लाख संकलन भएको छ ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


