स्याङ्जामा रासायनिक मल अभाब
प्रकाश डोटेल/स्याङ्जा :
देश कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएको बेला स्याङ्जाका कृषक भने रासायनिक मल नपाएकोमा चिन्तित बनेका छन् । असारको मध्येमा धान रोपाइँको चटारोमा जुट्नुपर्ने बेला कृषकहरुले मल नपाएपछि चिन्तित बनेका हुन् ।
सरकारले विभिन्न तामझाम सहित विभिन्न कार्यक्रम गरेपनि वास्तविक रोपाइँमा लागेका कृषकले भने रासायनिक मल नपाएको गुनासो गरेका छन् । सबैलाई आ आफ्नै चिन्ता छ हामीलाई भने रोपाइँ गर्ने समयमा रासायनिक मल नपाएको चिन्ता छ वालिङ् नगरपालिका एकमा धान रोप्दै गरेकी कृषक मिना काफ्लेको गुनासो थियो ।
एउटै फाँटमा अन्यले रोपाइँ सुरु गरेपछि ट्याक्टरको लागि बाटो समेत नपाइने हुँदा मल नपाएपनि खेत रोप्नसुरु गरेको कृषक काफ्लेले बताईन् । वालिङ् नगरपालिकामा कहिकतै मल नपाएपछि यसै खेत रोप्न सुरु गरेको उनले गुनासो गरिन । सधै रासायनिक मल राखेर रोपाइँ गरिन्थ्यो अहिले मल नपाएका कारण यसै रोप्न थालिएको छ । खेती कस्तो हुने हो चिन्ता लागेको छ उनको गुनासो थियो ।
कोरोना भाइरसको कारण सबैतिर रोजगार गुम्दै छ यस समयमा उब्जनीलाई प्रमुख प्राथमिकता दिनुपर्ने बेलामा झन मल बिनाको खेती गर्नु परेको स्थानीय कृषकले बताए । कोरोनाका कारण सहर बन्द भएपनि गाउँ घरमा रोपाइँ गर्ने चटारो भएको छ ।
नेपालमा मल आपूर्तिको ब्यबस्थापन नेपाल कृषि सामाग्री कम्पनीले गर्ने भएपनि पछिल्लो समय जिल्लाका लागि आवश्यक पर्ने मल आपूर्ति विभिन्न सहकारीले गर्दै आएको र हाल पनि यो महामारीको समयमा मल आपूर्ति गर्ने सहकारीलाई स्वाकृती दिइसकेको हुँदा अब एक दुई दिनमै मलको आपूर्ति सहजहुने वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताए ।
चालु वर्षमा पानी छिटो परेको हुँदा कृषकले रोपाइँ छिटो गरेको भन्दै एक दुई दिन भित्रमा कृषकले मल नपाए सिधै नगरपालिकामा सम्पर्क गर्न प्रमुख खाँणले कृषकलाई आग्रह गरे । मलको अभाबमा कृषकलाई रोपाइँ गर्नबाट बञ्चित नगरिने उनले बताए ।
समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


