मेस्सीले पूरा गरे ७०० गोल
लियोनल मेस्सीले खेल जीवनको ऐतिहासिक आँकडा पूरा गरेका छन् । उनले खेल जीवनको ७०० औँ गोल गरेर नयाँ खुड्किला पार गरेका हुन् ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल उनको व्यवसायिक खेल जीवनको ७०० औँ गोल बन्यो । उनले अर्जेन्टिना र बार्सिलोनाबाट ७०० गोल गरेका हुन् ।
मेस्सीले बार्सिलोनाका लागि ७२४ खेलमा ६३० गोल गरेका छन् । बाँकी ७० गोल उनले अर्जेन्टिनाका लागि गरेका हुन् ।
५० औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गरेर व्यक्तिगत रुपमा सात सयौँ गोलको आँकडा पूरा गरे पछि एथ्लेटिको मड्रिडसँगको खेलमा बार्सिलोना २–२ को बराबरीमा रोकियो ।
एथ्लेटिकोका डिएगो कोस्टाले ११ औँ मिनेटमा आत्मघाती गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर एथ्लेटिकोका लागि १९ र ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा साउलले गोल गरी खेलमा बराबरी गरेका हुन् ।
बराबरीपछि दोस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७० तथा तेस्रो स्थानको एथ्लेटिकोको ५९ अंक भएको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


