वालिङका बंगुरपालक कृषकलाई बंगुरका पाठापाठी बितरण ।
वालिङ :
वालिङका बंगुरपालक कृषकलाई बंगुरका पाठापाठी बितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा बंगुरका पाठापाठी बितरण गरिएको हो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जा प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले किसानहरुलाइ बिँउ पुँजीको रुपमा दिइएको र यस बाट आर्थिक उपार्जन गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, अव हजुरहरु व्यवसायीक बन्नु पर्दछ ।
कार्यक्रममा वालिङ नगर पालिकाका प्रमुख दिलिप प्रताप खाँण, वडा अध्यक्ष ढाकाराम पंगेनी पशु सेवा शाखाका प्रमुख देव कुमारी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
वालिङ नगरपालिका वडा नम्वर ५ का २० जना बंगरपालक कृषकलाई २० वटा उन्नतजातका पाठापाठी बिँउ पुँजीका रुपमा प्रदान गरिएको हो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


